PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

नेपालगन्ज कप क्रिकेट : लुम्बिनी यात्रीजको लगातार तेस्रो जित



पहिलोपोस्ट

नेपालगन्ज कप क्रिकेट : लुम्बिनी यात्रीजको लगातार तेस्रो जित

नेपालगन्ज : आर्शिवाद पेन्ट्स नेपालगन्ज कप टी-२० क्रिकेटमा लुम्बिनि यात्रीजले लगातार तेस्रो जित हात पारेको छ। शनिवार भएको खेलमा लुम्बिनिले आर्शिवाद पेन्ट्स पाल्पा योद्याजलाई ४ विकेटले हरायो।

टस जितेर पहिला ब्याटिङ गरेको पाल्पा योद्याजले २० ओभरमा ४ विकेट गुमाएर १४४ रन बनाएको थियो। उसका लागि प्रनित थापाल मगरले अर्भशतक बनाए भने ओपनर रीत गौतमले ३२ रन तथा अनुपम सिंहले १० रन बनाएका थिए।

१४५ रनको लक्ष्य लुम्बिनी यात्रीले १८.२ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो। लुम्बिनीका लागि ओपनर आदिल खानले २१ बलमा ३५, विशाल खत्रीले २९ रन र कुशल मल्लले १८ रनको योगदान दिएका थिए। पाचौँ नम्बरमा ब्याटिङ गरेका बासिर अहमदले १४ बल खेल्दै ३१ रन बनाए। लुम्बिनी यात्रीजका बासिर अहमद म्यान अफ द म्याच घोषित भए।

शनिवारनै भएको दोस्रो खेलमा एनआईसि एसिया दंगाली गोर्खाजले जिसान बाँके ब्लास्टर माथि ७ विकेटको जित हासिल गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको बाँकेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३२ रन जोडेको थियो। १३३ रनको लक्ष्य दंगाली गोर्खाजले १८ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो।

प्रतियोगितामा ४ खेलमा ३ जित हासिल गरेको पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज पहिलो स्थानमा रहेको छ भने ४ खेलमा ३ जित नै हात पारेको दंगाली गोर्खाज दोस्रोमा रहेको छ।

त्यसैगरि तेस्रो स्थानमा ३ खेलमा ३ जितसहित लुम्बिनी यात्रीज छ।

आइतवार लुम्बिनी यात्रीज र रोल्पा गोरिल्लाज तथा बर्दिया टाईर्गस र बाँके ब्लास्टरबीच खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell