PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

एफए कप : टोटनहमलाई हराउँदै म्यानचेष्टर युनाइटेड फाइनलमा



पहिलोपोस्ट

एफए कप : टोटनहमलाई हराउँदै म्यानचेष्टर युनाइटेड फाइनलमा

म्यानचेष्टर युनाइटेड कीर्तिमानी २०औँ पटक एफए कपक फुटबलको फाइनलमा पुगेको छ। युनाइटेडले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै लण्डन क्लब टोटनहमलाई २-१ ले पराजित गर्‍यो। यसअघि लण्डन क्लब आर्सनलले पनि २० पटक फाइनल खेलेको थियो।

डेले अलीले ११औँ मिनेटमा गोल गर्दै टोटनहमाई पहिले अग्रता दिलाए थिए। तर एलेक्स सान्चेजले २४औँ मिनेटमा युनाइटेडका लागि बराबरी गोल फर्काए।

६२औँ मिनेटमा मिनेटमा आन्द्रे हरेराले गोल गर्दै युनाइटेडलाई उपाधि नजिक पुर्‍याएका हुन्।

युनाइटेडले अब उपाधिका लागि चेल्सी र साउथह्याम्पटनको विजेतासँग खेल्नेछ। युनाइटेडले उपाधि जिते आर्सनलसँग सर्वाधिक उपाधि जित्ने कीर्तिमान बराबरी गर्नेछ। आर्सनलले १३ तथा युनाइटेडले १२ पटक एफए कपको उपाधि जितेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell