PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

साकुरा नाइटको तेस्रो श्रृङ्खला हुँदै



पहिलोपोस्ट

साकुरा नाइटको तेस्रो श्रृङ्खला हुँदै

काठमाडौं: सांगीतिक कार्यक्रम साकुरा नाइट यो वर्षपनि हुने भएको छ। जापानको मुख्य सहरमा हुँदै आएको कार्यक्रमको तेस्रो शृंखला ’साकुरा नाइट ३’ मेबाट सुरु हुने आयोजकले जनाएका छन्। जापनिजहरुको मुख्य पर्व गोल्डेन विक लक्षित गरी कार्यक्रम गर्न लागेको सुर्य कर्पोरेसनले जानकारी दियो।

कार्यक्रममा गायक हेमन्त शर्मा, कमल खत्रि, मिलन लामा, मिलन अमात्य र कमेडियन सन्दिप क्षत्रीले प्रस्तुति दिनेछन्। साथै कार्यक्रमको मुनाफा मानव सेवा आश्रमलाई सहयोग गर्ने आयोजनक बाशुदेव लामिछानेले जानकारी दिए।

’हामीले कार्यक्रमलाई मनोरंजनको रुपमा मात्र लिएका छैनौं’ डाइरेक्टर अधिकारी भन्छन्,’हामीले सामाजिक दायित्व पनि निर्वाह गर्ने कोसिस गर्दै छौं।’ अघिल्लो वर्षको साकुरा नाइट २ मार्फत आश्रमलाई १ लाख ११ हजार १११ सहयोग गरिएको थियो। कार्यक्रम मे ३ मा टोक्योबाट सुरु हुनेछ। मे ४ मा नागोया र मे ५ मा ओशाकामा हुने बताइयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell