PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

प्रताप दासको नयाँ गीत ‘हावाको चिसो झोकाले’



पहिलोपोस्ट

प्रताप दासको नयाँ गीत ‘हावाको चिसो झोकाले’

काठमाडौं: नेपाल आइडलका सेकेन्ड रनर्सअप गायक प्रताप दासको नयाँ गीत सार्वजनिक भएको छ। प्रताप र गायिका ससिका राईको स्वर रहेको गीत ‘हावाको चिसो झोकाले’ म्युजिक भिडियोसहित युट्युब रिलिज भएको हो।

सार्वजनिक गीतमा ‘नेपाली तारा सिजन–३’का फस्ट रनर्सअप समेत रहेका गायक देबेश राईको संगीत तथा एरेन्ज रहेको छ। गीतका लागि शब्द इन्दु तामाङले लेखेकी हुन्।

गीतको भिडियोमा गायकहरु स्वयं फिचर्ड छन्। भिडियोलाई सञ्चारकर्मी विशाल राईले खिचेका हुन्। जसलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell