
काठमाडौँ : कार्यकर्ता उग्ररुपमा प्रस्तुत भएपछि वाम एकता दिवसको कार्यक्रममा राखिएको मुख्य ब्यानर झिकिएको छ। ठूलो संख्यामा रहेका कार्यकर्ताहरुले ब्यानरमा मार्क्स र लेनिनको फोटो नदेखिएपछि नाराबाजीमा उत्रेका थिए। विरोधका कारण ब्यानर नै निकालिएको हो। १२ बजे सुरु हुने भने पनि १:१५ हुँदासम्म कार्यक्रम सुरु भएको छैन।
लेनिन जयन्ती तथा कम्युनिस्ट पार्टी स्थापना दिवसको कार्यक्रममा मञ्चमा राखिएको ब्यानरमा कार्ल मार्क्स र लेनिनको फोटो नभएको भन्दै नाराबाजी सुरु भएको थियो।
पार्टी एकताको मितिका रुपमा हेरिएको वैशाख ९ को यो कार्यक्रममा एकताबारे कुनै निर्णय नभए पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताको संदेश दिने कार्यक्रम छ।