PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

काबुलको मतदान केन्द्रमा बम विस्फोट: ३१ को मृत्यु, ५४ घाइते



पहिलोपोस्ट

काबुलको मतदान केन्द्रमा बम विस्फोट: ३१ को मृत्यु, ५४ घाइते
फोटो: रोयटर्स

काबुल: अफगानिस्तानको राजधानी काबुलको एक मतदान केन्द्रमा आज बम बिस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन्। पश्चिमी काबुलको दसत इ मतदानका लागि परिचयपत्र लिनेको लाईनमा उक्त आत्मघाती विस्फोट भएको रोयटर्सले जनाएको छ।

विस्फोट कसले गरायो भनी खुलेको छैन। त्यहाँको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले ३१ जनाको मृत्यु भएको जनाएको छ। उनका अनुसार घटनामा परी ५४ जना घाइते भएका छन्। अफगानिस्तानमा संसदीय निर्वाचनका लागि मतदान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell