PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

कार्यक्रम किन ढिला? प्रचण्डको प्रष्टीकरण : प्राविधिक तयारीमा ध्यान नपुग्दा तनाव भयो



पहिलोपोस्ट

कार्यक्रम किन ढिला? प्रचण्डको प्रष्टीकरण : प्राविधिक तयारीमा ध्यान नपुग्दा तनाव भयो

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टी स्थापना दिवसको कार्यक्रम ढिला भएको कारण सम्बोधनमा स्पष्ट पारेका छन्। काठमाडौंको सभा गृहमा ६९ औं पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्राविधिक तयारीमा ध्यान नपुग्दा तनाव सिर्जना भएको बताए।

मध्यन्ह १२ बजे हुने भनिएको कार्यक्रम ब्यानर विवादले नाराबाजी भएपछि ४ बजेमात्र शुरु भयो। विवादपछि नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओ‌वादी केन्द्रका दाहालबीच पुरानै ब्यानर राख्ने र मञ्चमा लेनिन र मार्क्सको फोटो राख्ने सहमति भएपछि कार्यक्रम सुरु भएको थियो। 

पार्टी स्थापना दिवसलाई शुभकामना दिँदै प्रचण्डले भने, '२०१९ सालपछि पार्टी विभाजनको प्रक्रिया सुरु भएको थियो। यो पहिलो संयुक्त कार्यक्रम हो। यो ऐतिहासिक कार्यक्रम हो। समयमै सुरु गर्न सकेनौं। त्रुटीरहित तरिकाले सुरु गर्न सकेनौं। केही तनाव हामीलाई पनि भयो। तपाईँहरुलाई पनि भयो होला। देशभरिका जनतालाई पनि भयो होला। अलिकति खचमच त हुन्छ नै। यस्तो परिघटनाले शिक्षा लिनुपर्छ।' 

पार्टी एकताका लागि राजनीतिक भावनात्मकलगायतका विषयमा ध्यान दिँदा प्राविधिक कुरामा ध्यान दिन नपाएको उनले बताए। आजैका दिन एकता घोषणा गर्ने तयारी गरे पनि नभ्याएको र यस्तै भएको प्रचण्डको भनाई थियो। 'यसलाई टुंग्याएर जाउँ भनेर काम गर्दा गर्दै यस्तै भयो,' उनले थपे, 'हामी अन्तिम तयारीमा छौं एकताका लागि।' 

माओवादी अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell