PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

थाहै नदिइ ठ्याम्मै पार्टी एकता : प्रचण्ड



पहिलोपोस्ट

थाहै नदिइ ठ्याम्मै पार्टी एकता : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता घोषित समयमा नभएर अघोषित मितिमा हुने बताएका छन्। 

लेनिन जयन्ती तथा कम्युनिष्ट पार्टी स्थापना दिवशको कार्यक्रमको अवसरमा वैशाख ९ गते एकता घोषण गर्ने दुवै दलबीच सहमति भएको थियो। तर, भनिएको मितिमा दुई दलबीच एकताका विषयमा उल्झेका मुद्दा सुल्झेनन्। त्यसमा प्रस्ट पार्दै अध्यक्ष दाहालले भने, 'हामीले जुन मितिमा घोषणा गर्छौं भन्छौं त्यो मितिमा हुँदैन। तर, एक दिन मिति घोषणा नै नगरी ठ्याम्मै एकताको घोषणा हुन्छ।' 

अध्यक्ष दाहालले पहिले सानो-सानो कमा र फुलस्टपमा झगडा गर्ने पार्टी वैचारिक विवादमा आएका बताए। 'तपाईँले थाहा नपाएको दिनमा पार्टी एकता हुन्छ,' प्रचण्डले भने।

अध्यक्ष दाहालले दुई पार्टीका नेताहरुलाई अध्यक्षबीच कान फुक्ने काम नगर्ने समेत आग्रह गरे। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell