PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

भारतमा चोरेको मोटरसाइकल नेपाल ल्याएर बेच्दै



पहिलोपोस्ट

भारतमा चोरेको मोटरसाइकल नेपाल ल्याएर बेच्दै

काठमाडौ : भारतमा चोरी भएका मोटरसाइकल नेपालमा बिक्री हुने गरेको खुलासा भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मोटरसाइकल बिक्री गर्ने तीन जनलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा समन चौधरी, गोपाल नेपाली र धनबहादुर योन्जन रहेका छन्। 

उनीहरुले भारतबाट चोरीका मोटरसाइकल नेपाल ल्याएर नक्कली ब्लुबुक बनाएर बिक्री गर्ने गरेको परिसरका प्रमुख एसएसपी विश्वाराज पोखरेलले बताए। 

प्रहरीले नक्कली ब्लुबुक बनाएर बेच्न तयार भएका १३ वटा मोटरसाइकल समेत बरामद गरेको छ। उनीहरुले नेपाली बजारमा ३ देखि ८ लाख रुपैयाँसम्म मोटरसाइकले बेच्ने गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell