PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

तस्करका तरिका नयाँ : काँचो सुनपछि झोल सुन!



पहिलोपोस्ट

तस्करका तरिका नयाँ : काँचो सुनपछि झोल सुन!
प्रतीकात्मक फोटो : www.babysense.com

काठमाडौं : त्रिभुवन विमानस्थबाट अवैधरुपमा सुन बाहिरिने कुरा नौलो होइन। काँचो सुनको बाला र विस्कुटका रुपमा शरीरमा होस् या लगेजमा तस्करले सुन ल्याउने गरेका छन्। आइतवार भने विमानस्थलबाट फरक शैलीमा सुनको तस्करी भएको भेटियो।
 
तस्करले २ किलो 'सुनको झोल' नै विमानस्थलबाट ल्याउँदै गर्दा प्रहरीले बरामत गरेको हो। दुबईबाट आएको १ हजार ९ सय ६७ ग्राम सुनको झोल सहित एक जना भारतीय नागरिक महेश रामचन्द्र पक्राउ परे।

भारतीय नागरिकले आफूले लगाएको बेल्टमा लुकाएर झोल सुन ल्याएका थिए। गृहमन्त्री रामबहादुर थापाले विमानस्थलबाट टनका टन सुन ल्याउने गरेको बताएपछि विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाएको छ।

विमानस्थलमा सुरक्षा कडा भएपछि तस्करले विभिन्न नौलानौला शैलीमा सुनको तस्करी गर्ने लागेका हुन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell