PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

आइटिएफ एसिया यू-१२ टिम च्याम्पियनसिप छनोट सोमवारदेखि



पहिलोपोस्ट

आइटिएफ एसिया यू-१२ टिम च्याम्पियनसिप छनोट सोमवारदेखि

काठमाडौं : अखिल नेपाल लनटेनिसको आयोजनामा आइटिएफ एसिया यू-१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली राष्ट्रको टिम छनोट सोमवारदेखि नेपालमा हुँदैछ।

सोमवारदेखि शुक्रवारसम्म सातदोबाटोफस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगितामा ब्वाइजतर्फ ५ तथा गर्ल्सतर्फ ४ राष्ट्रले सहभागिता जनाउने प्रतियोगिताको निर्देशक तथा संघका सदस्य अजय विष्टले बताए।

ब्वाइजमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका र भुटानले सहभागिता जनाउनेछ भने गर्ल्समा नेपाल, भारत, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्नेछ।

टिम च्याम्पियनसपमा दुई सिंगल्स र एक डब्लसमा प्रतिस्पर्धा हुनेछ। दुई खेल जित्ने टिमले खेल जित्नेछ। सुरुमा दुई सिंगल्स र पछि डबल्स खेल हुने विष्टले जानकारी दिए।

यस छनोट प्रतियोगिताबाट ब्वाइज र गर्ल्स दुवै विधामा पहिलो र दोस्रो हुने टोली बगामी नोभेम्वरमा काजाकस्तानमा हुने अन्तिम चरणको प्रतियोगिताको लागि छनोट हुनेछ। गत संस्करणमा ब्वाइजतर्फ नेपाल दोस्रो बन्दै काजाकस्तान गएको टोलीमा रहेका आरम्भ सम्राट हाडा यो पटक पनि नेपाली टोलीमा छन्। उनीसँगै ब्वाइजमा अंकी जुबेन रावत र प्रणव मान्नधर तथा गर्ल्समा सुभाङ्गी लक्ष्मी शाह, अज्जा रेग्मी र आइसा डोलकर गुरुङ छिन्।

नेपालको लक्ष्य अन्तिम चरणको लागि छनोट हुने रहेको निर्देशक अजय विष्टले बताए। 'गत संस्करणमा नेपालको ब्वाइज टिम दोस्रो हुँदै छनोट भएको थियो। यस पटक हामी दुवै विधामा छनोट हुने लक्ष्यमा साथ खेल्दैछौँ। त्यसका लागि नेपाली खेलाडीले एक महिनादेखि प्रशिक्षण गरिरहेका छन्।' विष्टले भने।

एसियाबाट दक्षिण एसियाली क्षेत्रसहित ५ क्षेत्रबाट टिम छनोट गरिनेछ।

प्रतियोगिता अवलोकन गर्नका लागि आइटिएफ प्रतिनिधि जोनाथन स्टब्स पिन नेपाल बइसकेका छन्। उनले यू-१० र यू-१४ बीचको ग्यापलाई फुलफिल गर्न यस प्रतियोगिता गर्नको लागिको प्रतिक्रिया दिए।

प्रतियोगिता सम्पन्न गर्नका लागि आइटिएफ रेफ्री प्रवीण नायक नेपाल आइसकेका छन्।

यस्तै प्रतियोगिताका लागि इन्टरनेशनल टेनिस फेडेरेसन आइटिएफले करिब २३ लाख बराबरको बजेट उपलब्ध गराएको अखिल नेपाल लन टेनिसकी अध्यक्ष ज्योती राणाले जानकारी दिइन्। विदेशबाट आउने सम्पूर्ण खेलाडीहरुको हस्पिटालीदेखि प्रतियोगिता सम्पन्न गर्का लागि उक्त रकम खर्च गरिने उनले बताइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell