PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

डिजिएमटी क्रिकेट : पुलिसको लगातार तेस्रो जित



पहिलोपोस्ट

डिजिएमटी क्रिकेट : पुलिसको लगातार तेस्रो जित

काठमाडौं : जनकपुरमा भइरहेको दिपक गुप्ता मेमोरियल टुर्नामेन्ट (डिजिएमटी) क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार तेस्रो जित हासिल गरेको छ। समूह ए अन्तर्गत आइतवार रंगभूमी ग्राउण्डमा भएको खेलमा पुलिसले फोनिक्स क्रिकेट क्लबलाई ३४ रनले हरायो।

समहू ए मा लगातार ३ खेलपछि ६ अंकका साथ पुलिस शीर्ष स्थानमा छ।

खेलमा टस जितेर पहिले ब्या६ङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको थियो। पुलिसका लागि दीलिप नाथले सर्वाधिक ४५ रन बनाए भने सुनिल धमलाले २७ तथा आरिफ शेरखले २३ रन जोडे।

जवाफमा फोनिक्स क्रिकेट क्लबले पुरा २० ओभरमा ८ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो। उसका लागि राजपाउल साइकिएले सर्वाधिक ३७ तथा भरत नेवारले २५ रन जोडे। बलिङमा पुलिसका सुनिल धमला र दीपेन्द्र सिंह ऐरीले २-२ विकेट लिए।

आइतवारै भएको समूह ए को अर्को खेलमा युनाइटेड क्रिकेट क्लबले जनकपुर क्रिकेट क्लबलाई ३४ रनले हरायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell