PahiloPost

Jun 7, 2026 | २४ जेठ २०८३

३३ केजी सुन तस्करी प्रकरण: पूर्व डिआइजी निरौला पक्राउ



पहिलोपोस्ट

३३ केजी सुन तस्करी प्रकरण: पूर्व डिआइजी निरौला पक्राउ

काठमाडौं: ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि प्रहरीले पूर्व डिआईजी गोविन्द निरौलालाई पक्राउ गरेको छ। त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्यामा उनको संलग्नताबारे अनुसन्धान गर्न  गृह मन्त्रालयको छानबिन समितिले उनलाई आज पक्राउ गरेको हो। 

चैत २८ मा अवकाश पाएका निरौलालाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छानविन समितिले जनाएको छ। 

गत वर्ष विमानस्थलमा प्रहरी इन्चार्जका रुपमा कार्यरत निरौलालाई तस्करीमा सघाएको खुलेपछि त्यहाँबाट हटाइएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell