PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

मोहमद सालहलाई पिएफए प्लेअर अफ दि इअर अवार्ड



पहिलोपोस्ट

मोहमद सालहलाई पिएफए प्लेअर अफ दि इअर अवार्ड

लिभरपुलका इजिप्टेली खेलाडी मोहमद सलाहले प्रोफेसनल फुटबलर्स एसोसिएसन (पिएफए) प्लेअर अफ दि इअर २०१७-१८ को अवार्ड जितेका छन्।

२५ वर्षीय खेलाडी सलाहले केभिन डे ब्रुएना, ह्यारी केन, लरेय साने, डेभिड शिल्भा र डेभिड डे हेएलाई पछि पार्दै अवार्ड हात पारेका हुन्।

खेलाडीकोहरुको भोटबाट अवार्ड पाउनु आफ्नो लागि सम्मान भएको र गर्व लागेको सलाहले प्रतिक्रिया दिएका छन्। यसै सिजन मात्र रोमाबाट लिभरपुल पुगेका सलाहले ३३ खेलमा ३१ गोल गरिसकेका छन्।

यस्तै म्यानचेष्टर सिटीका सानेले योङ प्लेअर अफ दि इअरको अवार्ड हात पारेका छन्।

चेल्सीका फ्रान किर्बीले वुम्नस प्लेअर अफ दि इअरको अवार्ड जितिन्। ब्रिस्टोल सिटीका लउरेन हेम्पले वुमन्स योङ प्लेअर अफ दि इअरको अवार्ड हात पारिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell