PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

उत्तर कोरियामा ३२ चिनियाँको मृत्यु 



पहिलोपोस्ट

उत्तर कोरियामा ३२ चिनियाँको मृत्यु 
फोटो : bt.com

बेइजिङ : चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटना हुँदा ३२ चिनियाँ पर्यटकको मृत्यु भएको चीनले जनाएको छ।
 
चीनको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार मृत्यु हुनेमा चार जना उत्तर कोरियाका नागरिक रहेका छन्।
 
आइतबार भएको दुर्घटनामा परी अरु दुई जना चिनियाँ घाइते पनि भएका अधिकारीहरुले जानकारी दिएका छन्।

उत्तर कोरियाको राजधानी प्योन्योङदेखि दक्षिणतर्फपर्ने ठाउँमा दुर्घटना भएको चीनको विदेश मन्त्रालयका प्रवक्ता लु काङले पत्रकारलाई बताए।
 
उनले भने, “हामीले घटनाका बारेमा अनुसन्धान गरिरहेका छौं, पूर्ण विवरण आउन बाँकी नै छ।”

चिनियाँ सञ्चार माध्यम सिजीटीएनले शुरुमा ३० भन्दा बढीको मृत्यु भएको समाचार संप्रेषण गरे पनि पछि समाचार नै हटाएको छ।  

समाचार अनुसार उत्तर कोरियाको एउटा पुलबाट पर्यटक बस तल झरेर दुर्घटना भएको हो। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell