PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

सिद्धिचरण प्रतिष्ठानको अध्यक्षमा काइँला



पहिलोपोस्ट

सिद्धिचरण प्रतिष्ठानको अध्यक्षमा काइँला

काठमाडौं: युगकवि सिद्धिचरण प्रतिष्ठानको साधारण सभाबाट प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काँइला अध्यक्षमा चयन भएका छन्। युग कवि पुत्र रविचरण श्रेष्ठको संरक्षकमा गरिएको  साधारण सभाले काँइलालाई प्रतिष्ठानको अध्यक्षमा चयन गरेको हो। 

काँइला २०५३ सालमा युगकवि सिद्धिचरण श्रेष्ठबाट पुरस्कृत भइसकेका सर्जक हुन्। काँइला नेपाली साहित्यमा भारतबाट सुरु भएको आयामेली आन्दोलनका ३ हस्ती मध्ये एक हुन्। 

त्यस्तै उपाध्यक्षमा प्रा.डा. मोहन लोहनी, पुरुषोत्तम बस्नेत , सचिवमा प्रा. डा. गार्गी शर्मा, सहसचिवमा डा. फणिन्द्रराज निरौला, कोषाध्यक्षमा मेषबहादुर जीसी  र सदस्यहरुमा डा. शैलेन्दुप्रकाश नेपाल, सुबसेन, रामकृष्ण दुवाल, दुर्गाप्रसाद अर्याल, रामबाबु सुवेदी, शैलेन्द्र शाकार र अजन्ता श्रेष्ठ रहेका छन्।
 
प्रतिष्ठानले जेठ ९ गतेदेखि ११ गते सम्म युगकवि सिद्धिचरणको जन्मोत्सव पारेर ३ दिवसीय सिद्धिचरण काव्य उत्सव मनाउने तयारी समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell