PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

विधानमै नभएको 'अर्ली महाधिवेशन' माग्दै ५१ पन्ने सुझाव पेश गरे गगन थापाले



पहिलोपोस्ट

विधानमै नभएको 'अर्ली महाधिवेशन' माग्दै ५१ पन्ने सुझाव पेश गरे गगन थापाले

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले आजको केन्द्रीय समितिमा आफ्नो धारणा पेश गर्दै अर्ली अधिवेशनको माग गरेका छन्।

५१ पन्ने लिखित सुझावको ४९ औं पन्नमा थापाले विधानअनुसार महाधिवेशनमा जाँदा थप दुई वर्ष लाग्ने भएकोले पार्टीलाई नवजीवन दिन शीघ्र महाधिवेशनमा जानुपर्ने सुझाव दिएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाको कमजोरीकै कारण कांग्रेसको हालत खराब भएको उल्लेख गर्दै थापाले तत्काल महासमिति बैठक राखी त्यहीबाट विधान संशोधन गरी शीघ्र महाधिवेशनमा जानुपर्ने तर्क पेश गरे।

'त्यसैले अहिलेको लागि उपयुक्त बाटो भनेको महासमिति सके लगत्तै शीघ्र १४ औं महाधिवेशनको तालिका बनाएर काम शुरु गर्नुपर्छ,' शीघ्र महाधिवशेन शीर्षकको अन्त्यमा लेखिएको छ।

संघीयताअनुसार देशमा ७५३ स्थानीय सरकार, ७ प्रदेश सरकार बनिसक्दा पनि कांग्रेसले पुनर्संरचना नगरेकोले यसका लागि पनि महासमिति बैठकबाट विधान संशोधन गर्नुपर्ने थापाको सुझाव रहेको छ। 

निर्वाचन समीक्षाका लागि कांग्रेस मुख्यालयमा चैत ९ देखि केन्द्रीय समितिमा बैठक जारी रहेको छ। आज नवौं दिनको बैठकमा युवा नेताहरुको नेतृत्व गरी थापाले सुझाव पेश गरेका हुन्।

निर्वाचन समीक्षा र कार्यदिशाबारे प्रस्तुत धारणाको पूर्णपाठ




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell