PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

माधव नेपालदेखि हिसिला यमीसम्मले हेरे 'भोर'



पहिलोपोस्ट

माधव नेपालदेखि हिसिला यमीसम्मले हेरे 'भोर'

काठमाडौं : आगामी बैशाख २१ देखि प्रदर्शनमा आउने फिल्म 'भोर' को विशेष सो सम्पन्न भएको छ। मंगलवार जय नेपाल हलमा उक्त सो हेर्न  एमाले नेता माधव नेपाल, राजपा नेता राजेन्द्र महतो, नयाँ शक्तिकी हिसिला यमी पुगेका थिए।

फिल्मले उठाएको बिषयलाई हिसला यमीले रुचाईन्। पछिल्लो फिल्म झोलाको सफलतापछि 'मिडिया फर कल्चर'ले फिल्म निर्माण गरेको हो। दाइजो प्रथाको मुख्य बिषयमा आधारित यस फिल्ममा एक महिला माथि हुने हिंसा, घरेलु यातनालाई प्रस्तुत गरेको छ।  

सो हेर्न पुगेका महिला दर्शकले फिल्मको खुलेर प्रशंसा गरे। यादवकुमार भट्टराईको निर्देशनमा बनेको भोरलाई राज तिमल्सिनासँगै राम गोपालले निर्माण गरेका हुन्। कृष्ण धारावासीको लेखनमा बनेको यस फिल्ममा कालाकारहरु रामनारायण ठाकुर, अतिनारानी मण्डल, राजेश सक्सेना, परमेश झालगायतको मुख्य अभिनय रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell