PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

१९ वर्षपछि हत्याका फरार अभियुक्त पक्राउ



पहिलोपोस्ट

१९ वर्षपछि हत्याका फरार अभियुक्त पक्राउ

रूपन्देहीः उन्नाइस वर्षअघि एक जनाको हत्या गरी फरार रहेका दोषीलाई प्रहरीले आज बुटवलबाट पक्राउ गरेको छ। 

गुलरिया–२ खैरापुरका नवराज पौडेलको हत्याका दोषीमध्येका ६५ वर्षीय पीताम्बर ढकाललाई बुटवल—१६ देवीनगरबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए। 

पौडेललाई २०५५ चैत १६ गते आपसी लेनदेनका विषयमा विवादपछि हत्या गरिएको थियो। ढकाललाई जिल्ला अदालतले २०५८ माघ २२ मा २० वर्ष कैद फैसला सुनाएको थियो। उनी बुटवलमा बस्दै आएका थिए। 

पौडेल हत्याका पाँच आरोपितमध्ये दुई जनालाई अदालतले सफाइ दिएको छ। अन्य दुई अझै फरार छन्। पौडेलको शव हत्या गरी गहुँबारीमा फालिएको अवस्थामा १३ दिनपछि फेला परेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell