PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

मेयर कप यू-२० फुटबल हुने



पहिलोपोस्ट

मेयर कप यू-२० फुटबल हुने

काठमाडौं : कागेश्वरी मनहोरा नगरपालिका, नगर खेलकुद विकास समितिको आयोजनामा यू-२० मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ।

आयोजकले मंगलवार पत्रकार सम्मेलन गर्दै यही वैशाख १५ देखि २९ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो।

प्रतियोगितामा कागेश्वरी नगरपालिका भित्रका ९ वडाका टिमले प्रतिस्पर्धा गर्नेछन्। सहभागि टिमलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता खेलाइने आयोजकले जनाएको छ।

सहभागि वडाले आफ्नो वडा भित्र रहेका खेलाडी मात्र सहभागि गराउनुपर्ने आयोजक समितिका अध्यक्ष राम प्रसाद पुडासैनीले जानकारी दिए। उनका अन्सार उक्त स्थानभित्र बसोबास गर्ने २० वर्षमुनीमा सबै खेलाडीले प्रतियोगिता खेल्न पाउनेछन्।

प्रतियोगिता तयारीका लागि समितिले सबै वडालाई १-१ लाख तयारी खर्च दिएको समेत पुडासैनीले जानकारी दिए। प्रतियोगिताका लागि नगरपालिकाले १४ लाख रकम दिएको र बाँकी रकम प्रायोजकमार्फत खोजिने आयोजकले जनाएको छ।

प्रतियोगिताको खेलहरु कागेश्वरी मनोहरास्थित थली खेलमैदानमा हुनेछ।

प्रतियोगिताको विजेताले नगद १ लाख तथा उपविजेताले ५० हजार ट्रफी र मेडल प्राप्त गर्नेछन्। यस्तै म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज, हाइएट्ठ्ट स्कोर र बेस्ट गोलकिपरलाई पिन प्रमाणपत्र र ट्रफी दिने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell