PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

पानीको बोतल देखाएरै तीन लाख रुपैयाँ लुटियो



पहिलोपोस्ट

पानीको बोतल देखाएरै तीन लाख रुपैयाँ लुटियो

काठमाडौं: काठमाडौंको कालिमाटीमा एक युवकले पानीको बोतल देखाएरै एक इन्टरप्राइजेजको काउन्टरबाट ३ लाख रुपैयाँ लुटेर फरार भएका छन्। 

सोमवार बिहान कालिमाटी चोकमा रहेको क्रिस्टल इन्टरप्राइजेजमा रहेका दुई युवतीलाई पानीको बोतल देखाएर एसिड भन्दै ३ लाख रुपैयाँ लिएर फरार भएका हुन्। 

रकम लिएर फरार हुने युवकको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए। 

एसएसपी पोखरेलले भने, 'घटनाको हामी अनुसन्धान गरिरहेका छौं।'

कम्पनीको काउन्टरमा रहेका कर्मचारी रुबिना कोइराला र अप्सरा थापालाई युवकले पैसा नदिए एसिड हान्ने धम्की दिएका थिए।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell