PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

हिरासतबाट छुटाउन बिचौलिया बनी ठगी गर्ने पक्राउ



पहिलोपोस्ट

हिरासतबाट छुटाउन बिचौलिया बनी ठगी गर्ने पक्राउ

काठमाडौं: डाँका तथा ठगी मुद्दामा पक्राउ परेका अभियुक्तलाई छुटाइदिने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बैतडी पाटन नगरपालिकाका करण सिंह विष्टलाई सोमवार कपनबाट पक्राउ गरेको हो। 

विष्टले बाग्लुङ हटिया ३ घर भएका झमबहादुर बोहरालाई मुद्दामा सेटिङ मिलाई छुटाउन दिने भन्दै पीडितका आफन्तबाट पाँच लाख रुपैयाँ लिएका थिए। उनले 'केही रकम खर्च गर्नुपर्छ' भन्दै रकम डिपोजिट गर्न बैंकमा संयुक्त खाता खोल्न लगाई बैंकको चेकमा दस्तखत गराई रकम लिएका थिए।

पीडित आफन्त झमबहादुर नछुटेपछि पैसा माग्दा उल्टै धम्काउने गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएका थिए। झमबहादुरलाई सुनसरी तरहराका एक व्यापारीलाई सुन सस्तोमा मिलाइदिने भनी नक्कली सुन देखाई विश्वासमा गत जेठमा काठमाडौंको म्हैपीमा बोलाई ३२ लाख लुटेको अभियोगमा जेठ २० गते पक्राउ गरेको थियो। 

त्यस्तै काठमाडौं बाङ्गेमुढा बस्ने अर्का व्यापारीलाईसमेत न्युरोडस्थित संकटा मन्दिर अगाडि बोलाई सुन भनी झुक्याई ३० लाख ठगी गरेकोमा गत जेठ २० गते महाशाखाको टोलीले पक्राउ गरेको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell