PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

मनमोहन स्मृति बास्केटबल : बुढानीलकण्ठको दुवै टिम फाइनलमा



पहिलोपोस्ट

मनमोहन स्मृति बास्केटबल : बुढानीलकण्ठको दुवै टिम फाइनलमा

काठमाडौं : बुढानीलकण्ठको पुरुष र महिला दुवै टिम प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन्।

नेपाल खेलकुद महासंघ (नेकोस), काठमाडौं ४ द्वारा आयोजित प्रतियोगिताअन्तर्गत पुरुषको पहिलो सेमिफाइनलमा बुढानीलकण्ठले नेपाल आर्मी ‘बी’ लाई ८८–८४ ले पराजित गर्‍यो। बुढानीलकण्ठलाई फाइनल पुर्‍याउन जितमा विराज राणाले २८ अंक योगदान गरे।

चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा भएको प्रतियोगिताको निर्धारित समयको खेल ७८–७८ को बराबरीमा सकिएपछि अत्तिरिक्त समयमा बुढानीलकण्ठले १०–६ को अग्रता बनाउँदै ४ अंकको अन्तरले खेल जितेको हो।

अब बुढानीलकण्ठले आर्मी ‘ए’ र एसडिसी हाउन्ड्सबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

यस्तै महिला सेमिफाइनलमा बुढानीलकण्ठले साइपाललाई ५५–५१ ले हरायो। बुढानीलकण्ठकी अनुषा मल्लले सर्वाधिक २२ अंक जोडिन्।

अब बुढानिलकण्डले समृद्ध गोरिल्लाज र आर्मीबीच हुने अर्को सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्ने छ।

पुरुष र महिलाको दोस्रो सेमिफाइनल खेल बुधबार हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell