PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

प्रेमिका फकाउन आमालाई ब्ल्याकमेल



पहिलोपोस्ट

प्रेमिका फकाउन आमालाई ब्ल्याकमेल
Photo: The Times

काठमाडौँ : 'आमा मलाई अपहरण गरेका छन्। पचास हजार रुपैयाँ चाँडै पठाइदिनु होला,' आफ्नो छोराको आवाज सुनेपछि मेनुका कार्की (नाम परिवर्तन) होस नै उड्यो। के गर्ने होला कसो गर्ने केही सोच्न सकिनन्।

सिन्धुली घर भएर कामको सिलसिलामा काठमाडौँ बस्दै आएका कार्की परिवारमा यो फोन कलले ठूलो समस्या निम्त्यो। फेरि केही बेरमा नै फोनको रिङ बज्यो। उही नम्बर। पहिले कै आवाज - 'ममी मलाई अपहरणकारीले गाडीमा राखेर काठमाडौँभरि घुमाइराखेका छन्। तत्काल पैसा दिनुहोला।'

कार्की परिवारको लागि ५० हजार ठूलै रकम थियो। कसरी जुटाउने होला? प्रहरीमा जाउँ कसरी जाउँ? पहिले नै फोनमा छोराले भनेका कुराले तर्साइसकेको थियो। फोनबाट छोराले भनेका थिए- 'ममी उनीहरूको त डिआइजीसम्म मिलेमतो रहेछ प्रहरीकोमा नजानु। उनीहरूले अगाडि नै थाहा पाएर सेटिङ मिलाउँछन्।'

मागेको रकम दिने कि प्रहरीकहाँ उजुरी गर्न जाने दोमनमा थिइन् उनी। अन्तत: प्रहरी नै उनको अन्तिम रोजाइ बन्यो। उनी महानगरीय प्रहरी परिसर काठमाडौं पुगिन्। उजुरी दिइन्। प्रहरीले अपहरण भएका युवकको खोजी थाल्यो।

अन्ततः प्रहरी नै चकित पर्‌यो। अपहरणमा परेका भनिएका युवक प्रेमिकासँगै भेटिए। 'उनले आफ्नो खर्च जुटाउन आफ्नै आमालाई ब्ल्याक मेल गरेको पाइयो,' परिसरका एसएसपी विश्वराज पोखरेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell