PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

भिएफएक्समा यस्तो मेहनत - 'ब्ल्याक'



पहिलोपोस्ट

भिएफएक्समा यस्तो मेहनत - 'ब्ल्याक'

काठमाडौं: आँचल  शर्मा र आकाश श्रेष्ठ अभिनित फिल्म 'ब्ल्याक' प्रदर्शनको तयारीमा छ। प्रदर्शन मिति नजिकिंदै जाँदा निर्माण टिमले फिल्ममा प्रयोग गरिएका भिएफएक्सबारे जानकारी दिएको छ।

निर्देशक प्रदिप श्रेष्ठका अनुसार फिल्ममा समावेश विभिन्न दृश्यलाई भिएफएक्स गर्न करिब १ वर्ष लाग्यो। उनले भने 'फ्लोरमा जति खर्च र मेहनत गरियो, त्यो भन्दा बढी भिएफएक्स गर्न मात्रै करिब १ बर्ष लाग्यो।' 

अन्तर्राष्ट्रिय बजारमा भइरहेको अभ्यासलाई नेपाली फिल्म क्षेत्रले अनुशरण गरेको यो प्रष्ट उदाहरण हो। पछिल्लो समय नेपाली फिल्म क्षेत्र प्रविधि केन्द्रित हुन थालेका छन् । जेठ ११ मा प्रदर्शन हुने यस फिल्मको 'पल पल हरपल' बोलको गीतमा समावेश भिएफएक्सलाई पनि दर्शकले रुचाएका थिए। 

मौनता श्रेष्ठको कथामा तयार भएको 'ब्ल्याक'मा रामजी लामिछानेको करियोग्राफी, रामशरण उप्रेतीको छायाँकन  रहेको छ। आश्मा पाण्डेको निर्माणमा बनेको फिल्ममा आकाश श्रेष्ठ आँचल शर्मा, सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशील क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाललगायतको  अभिनय छ। 

फिल्ममा द्वन्द्व चन्द्र पन्तको रहेको छ भने अर्जुन जिसीको सम्पादन।  भिएफएक्समा समिरसँग श्रीकृष्ण श्रेष्ठको साझेदारी रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell