PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

च्याम्पियन्स लिग : लिभरपुलको शानदार जित, सहाल र फिर्मिनोको २-२ गोल



पहिलोपोस्ट

च्याम्पियन्स लिग : लिभरपुलको शानदार जित, सहाल र फिर्मिनोको २-२ गोल

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको पहिलो सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले रोमालाई ५-२ ले पराजित गरेको छ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलका लागि मोहमद सलाह र रोवर्टो फिर्मिनोले २-२ तथा साडियो मानेले १ गोल गरे।

५ गोलले पछि पर्को अवस्थामा रोमाका लागि एडेन जेको र डिएगो पेरोट्टीले गोल गरे।

रोमा विरुद्ध दुई गोल गरेसँगै सलाह लिभरपुलका लागि एकै सिजनमा सर्वाधिक गोल गर्नेमा दोस्रो स्थानमा उक्लेका छन्। उनले यस सिजन ४३ गोल गरिसकेका छन्। अब उनी इयान रस (४७) भन्दा ४ गोलले पछि छन्।

दोस्रो सेमिफाइनलको पहिलो लेग आज राती रियल मड्रिड र वायर्न म्युनिखबीच हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell