PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

‘भुइयाँ’को दोस्रो संस्करण बजारमा



पहिलोपोस्ट

‘भुइयाँ’को दोस्रो संस्करण बजारमा

काठमाडौं: औसत जीवनको खोजीका लागि भएका आन्दोलनहरुमा संलग्न महिलाहरुका कथा समेटिएको पुस्तक ‘भुइयाँ’को दोस्रो संस्करण बजारमा आएको छ। पश्चिम कैलालीदेखि पूर्वको मोरङसम्मका १२ महिलाहरुको जीवन कथा समेटिइएको पुस्तक गत भदौ १८ मा विमोचन भएको थियो।

आख्यानको शैलीमा लेखिएको यस गैरआख्यानले समीक्षकहरु र आमपाठकको राम्रो प्रशंसा पाएको छ।पत्रकार यज्ञशको यो पहिलो गैरआख्यान कृति हो। गत फागुनमा उक्त पुस्तकले पहिचानको पक्षमा लेखिएका पुस्तकलाई दिइने रुपैयाँ दुई लाख दुई हजार दुई रुपैयाँको पहिचान पुरस्कार पनि पाएको छ। 

लेखक यज्ञशले पुस्तकले पाएको प्रशंसाबाट आफूलाई गैरआख्यान विधामा अन्य पुस्तकहरु लेख्ने उर्जा प्राप्त भएको बताएका छन्। ‘सबैको ध्यान मध्यमवर्ग र सहरका कुराले मात्रै तानिरहेका बेला निम्न वर्गका मानिसहरुका संघर्ष हराउँदा रहेछन्। तर, हाम्रो समाजलाई जीवन्त र जुझारु बनाउने काम चाहिँ यही वर्गका मानिसले गरिरहेका छन्,’ उनले भने, ‘यस्ता अरु कथा लेखिनु जरुरी छ।’

अघिल्लो संस्करणमा देखिएका गल्तीहरु सच्चाई र केही पुर्नलेखन गरी नयाँ संस्करण बजारमा आएको प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell