PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

बिदा कटौतीविरुद्ध मुस्लिम संघको आन्दोलन तयारी



पहिलोपोस्ट

काठमाडौं : मुस्लिम संघ नेपालले सरकारले बिदा कटौती गरेको विरुद्धमा आन्दोलन गर्ने तयारी गरेको छ। संघको महाधिवेशनपछि आन्दोलन गर्ने संघले जनाएको छ।

नेपाली कांग्रेसको भातृसंस्था मुस्लिम संघ नेपालको दोस्रो महाधिवेशन वैशाख १५ गते काठमाडौंमा हुँदैछ। पार्टी कार्यालय सानेपामा हुने महाधिवेशनको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्नेछन्। 

वाम गठबन्धनको सरकारले मुस्लिम, आदिवासी, जनजाति लगायतका समुदायका धर्म,संस्कृतिसँग जोडिएका चाडपर्बको बिदा कटौती गरेकोमा विरोध गर्दै ती सबै समुदायका सदस्यलाई आग्रह गरी महाधिवेशनपछि आन्दोलन गर्ने संघको तयारी छ।  

मुलुक संघीयतामा गएपछि हुन लागेको महाधिवेशनमा संघीय संरचनामा संघलाई कसरी अगाडि बढाउने र लोकतान्त्रिक शक्ति कांग्रेसलाई आगामी निर्वाचनमा कसरी मुलुकको पहिलो राजनीतिक शक्ति बनाउन सकिन्छ भन्ने लगायतका समसामयिक विषयमा छलफल हुने संघका अध्यक्ष अब्दुल सत्तारले जानकारी दिए। 

महाधिवेशनमा ४३ जिल्लाका ४ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ। महाधिवेशनले आगामी दुई वर्षका लागि संघको नेतृत्व चयन गर्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell