PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

आशारामलाई आजीवन कारावास, धर्मगुरुलाई पापको फल



पहिलोपोस्ट

आशारामलाई आजीवन कारावास, धर्मगुरुलाई पापको फल

नयाँ दिल्ली : किशोरी वलात्कारको मुद्दामा लामो समयदेखि हिरासतमा रहँदै आएका स्वघोषित धर्मगुरु आशाराम बापुलाई भारतको एक अदालतले आजीवन कारावासको फैसला सुनाएको छ।
 
धार्मिक प्रवचन र टेलिभिजनहरुमा 'आदर्श पात्र'का रुपमा छाइरहने आशाराम बलात्कारसँगै कर छली र राजनीतिक सम्बन्धका कारण चर्चामा थिए।
 
राजस्थानको जोधपुर जेलमा सन् २०१३ देखि थुनिँदै आएका उनलाई जेलमै फैसला सुनाइएको थियो।
 
७७ वर्षीय आशारामका विश्वभरि ४ सयभन्दा धेरै आश्रम छन्। राजनीतिक रुपमा पनि प्रभावशाली उनले दर्जनौं पटक जमानतमा रिहा गराउन प्रयास गरेका थिए। उनको ती सबै प्रयास खेर गए।
 
विपक्षीका वकिल सुष्मा धराले फैसलालाई चुनौती दिनसक्ने बताएकी छिन्।

'फैसलाले ठूलो राहत मिलेको छ,' पीडित परिवारको पक्षमा वकालत गर्दै आएका किरण झा ठाकुरले भने, 'भगवान नै भए पनि गल्ती गर्नेले सजाय भोग्नुपर्छ र हाम्रो न्यायालय त्यसमा सक्षम छ भन्ने देखियो।' 

बालबालिकामाथिको यौन दुर्व्यवहारविरुद्धको कानुनले यस्ता घटनामा दोषीलाई आजीवन कारागारको व्यवस्था गरेको छ। हालै संशोधन गरिएको कानुनले त १२ वर्षभन्दा मुनिका बालबालिकाको बलात्कार गर्नेलाई मृत्युदण्डको प्रावधान थपेको छ। 

आशारामका दुई सहयोगीलाई २० वर्षको सजायँ सुनाइएको छ भने दुई जना रिहा भएका छन्। 

आशारामको जोधपुरमा रहेको आश्रममा एक १६ वर्षीया किशोरीले यौन दुर्व्यवहार भएको घटना सार्वजनिक गरेपछि उनी समातिएका थिए।
  
यौनकाण्डमा दोषी ठहरिए पनि आशारामलाई फलो गर्नेहरुको संख्या ठूलो छ। त्यसैले भारतका चार राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ। राजस्थान, पश्चिमी गुजराज, उत्तर प्रदेश र हरियाणामा हाइ अलर्ट जारी गरिएको छ।

बलात्कार घटनामा नै दोषी ठहरिएका अर्का धर्मगुरु रम रहिमलाई प्रहरीले समात्दा फैलिएको दंगामा परी ३० भन्दा बढीले ज्यान गुमाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell