PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

आर्मीलाई हराउँदै समृद्धि गोरिल्लाज फाइनलमा



पहिलोपोस्ट

आर्मीलाई हराउँदै समृद्धि गोरिल्लाज फाइनलमा

काठमाडौं : त्रिभुवन आर्मीलाई पराजित गर्दै समृद्धि गोरिल्लाज प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा बुधबार फाइनलमा प्रवेश गरेको छ ।

विशाल मिलन केन्द्रको कोर्टमा भएको दोश्रो सेमिफाइनलमा राष्ट्रिय टोलीका तीन खेलाडी सम्मिलित समृद्धिले आर्मीलाई ४३–१९ ले सहजै पराजित गर्‍यो। समृद्धिको जितमा लुनिभा सिंहले सर्वाधिक १५ स्कोर गरिन्।

पहिलो क्वाटरमा ११–४ को अग्रता लिएको समृद्धिले दोश्रो क्वाटर १८–८ र तेश्रो १२–४ ले आफ्नो पक्षमा पारेको थियो। चौथो क्वाटरमा समृद्धि २–३ को झीनो अन्तरले पछि परेपनि सहजै जित हात पार्‍यो।

अब फाइनलमा समृद्धिले उपाधिका लागि बुढानीलकण्ठसँग खेल्नेछ। पुरुषमा आर्मी ‘ए’ र बुढानीलकण्ठ उपाधिका लागि भिड्ने छन्। फाइनल बिहीबार हुनेछ।

नेपाल खेलकुद महासंघ (नेकोस), काठमाडौं ४ द्वारा आयोजित प्रतियोगिताको पुरुषमा विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन्। ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोररले १०–१० हजार नगद पुरस्कार हात पार्नेछन्।

यस्तै महिलामा पहिलो हुनेले ३० हजार र दोश्रोले १५ हजार नगद पुरस्कार हात पार्ने छन्। ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोररले ५-५ हजार नगदबाट प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell