PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

च्याम्पियन्स लिग : वायर्नविरुद्ध रियलको पुनरागमन जित



पहिलोपोस्ट

च्याम्पियन्स लिग : वायर्नविरुद्ध रियलको पुनरागमन जित

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा स्पानिस क्लब रियल मड्रीडले जर्मन क्लब वायर्न म्युनिखलाई उसैको मैदानमा पराजित गरेको छ।

एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै रियलले अवे मैदानमा २-१ को जित हात पारेको हो। च्याम्पियन्स लिगमा रियलको यो कीर्तिमानी जितसमेत हो। रियलले अहिलेसम्म १५० खेल जितेको छ र यस्तो सफलता हात पार्ने रियल पहिलो क्लब समेत हो।

एलिअन्ज एरेनामा भएको खेलको २८औँ मिनेटमा जोसुअ किमिचले गोल गर्दै घरेलु टोली वायर्नलाई अग्रता दिलाएका थिए। ४४औँ मिनेटमा मार्सलोले रियलका लागि बराबरी गोल फर्काए।

दोस्रो हाफमा वैकल्पिक खेलाडी मार्को असेन्सिओले गोल गर्दै रियललाई जित दिलाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell