PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

बयान दिँदादिँदै सम्पर्कबिहीन भएका डिएसपी राउतको खोजी गर्न प्रहरीको सर्कुलर



पहिलोपोस्ट

बयान दिँदादिँदै सम्पर्कबिहीन भएका डिएसपी राउतको खोजी गर्न प्रहरीको सर्कुलर

काठमाडौँः ३३ किलो सुन प्रकरणमा अनुसन्धानको दायरामा आएका डिएसपी सञ्जय राउतलाई खोजी गर्न प्रहरी प्रधान कार्यालयले ७७ जिल्लाका प्रहरी कार्यालयलाई सर्कुलर जारी गरेको छ। 

सरकारले गठन गरेको छानबिन समितिको निर्देशनमा सर्कुलर जारी गरेको हो। बुधबार गृह मन्त्रालयमा राउतलाई बयानका लागि बोलाइएको थियो। बयान दिँदादिँदै उनी एकाएक सम्पर्कबिहीन भएपछि खोजी थालिएको हो। 

डिएसपी राउत इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत छन्। ३३ किलो सुन प्रकरणमा मंगलबार समितिले एसपी बिकासराज खनाललाई पक्राउ गरेको थियो। खनाललाई बुधबार विराटनगर लगिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell