PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

मुम्बईमा रेलले स्कुल बसलाई ठक्कर दिँदा १३ बालबालिकाको मृत्यु



पहिलोपोस्ट

मुम्बईमा रेलले स्कुल बसलाई ठक्कर दिँदा १३ बालबालिकाको मृत्यु

मुम्बईः भारतको मुम्बईमा रेलले स्कुल बसलाई ठक्कर दिँदा  १३ स्कुले बालबालिकाको मृत्यु भएको छ। बिहीबार बिहान उत्तर प्रदेशमा रेलवे ट्र्याक काट्ने क्रममा रेलले बसलाई ठक्कर दिएको हो। 

दुर्घटनामा ८ बालबालिका घाइते भएको स्थानीय अधिकारीलाई उदृत गर्दै रोयटर्सले जनाएको छ। स्कुल बसमा २२ बालबालिका रहेको बताइएको छ। बालबालिकालाई बोकेर विद्यालयतर्फ  गइरहेको बसलाई सिवान–गोरखपुर यात्रु रेलले ठक्कर दिएको थियो। 

दुर्घटनाको कारण खुल्न सकेको छैन। 

दुई साताअघि पनि भारतमा यस्तै दुर्घटना भएको थियो। हिमाञ्चल प्रदेशमा गत अप्रिल ९ मा रेलले विद्यार्थी बोकेको बसलाई ठक्कर दिँदा कम्तीमा २४ बालबालिकाको मृत्यु भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell