PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

मोफसलका पाठकमाझ ‘फाइनप्रिन्ट फिभर’



पहिलोपोस्ट

काठमाडौं: फाइनप्रिन्टले घुम्ती साहित्य महोत्सव आयोजना गर्ने भएको छ। देशका विभिन्न ठाउँमा एकदिने ‘फाइनप्रिन्ट फिभर’ नामको कार्यक्रम गर्न लागेको हो। महोत्सवको उद्देश्य राजधानीमा केन्द्रित लेखक र मोफसलका पाठकबीच सेतुको काम गर्नु रहेको बताइएको छ।

उक्त महोत्सव पहिलो चरणमा सुर्खेतमा वैशाख १५ गते, धनगढीमा वैशाख १७ र कोहलपुर वैशाख १८ गते हुनेछ।

पहिलो पटक हुन लागेको महोत्सवमा फाइनप्रिन्टले २०७४ सालमा छापेका पुस्तकका लेखकहरु मदनकृष्ण श्रेष्ठ, हरिबहादुर थापा, युग पाठक, शिवानी सिंह थारु, अमर न्यौपाने, यज्ञश र नयनराज पाण्डे तथा केही स्थानीय लेखक, पत्रकार सहभागी हुनेछन्।

‘फाइनप्रिन्टले आफ्नो स्थापनाकालदेखि नै नेपालमा पठन संस्कृतिको विकासका लागि काम गर्ने कोसिस गरिरहेको छ,’ फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले भने, ‘यसपटकको महोत्सव पनि त्यसैको एउटा प्रयास हो।’

‘फाइनप्रिन्ट फिभर’ को दोस्रो चरण जेठमा हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell