PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

राजपाल यादव ६ महिना जेलमा



पहिलोपोस्ट

राजपाल यादव ६ महिना जेलमा

बलिउड हास्य अभिनेता राजपाल यादवलाई जेल सजाय भएको छ। दिल्ली हाई कोर्टले राजपाल र उनकी पत्नी राधालाई ५ करोड रुपैयाँ ठगीको अभियोगमा दोषी ठहर गरेको थियो। यो साता भने करकरडुमा अदालतले उनीविरुद्ध ६ महिनाको जेल सजाय सुनाएको इन्डियन एक्सप्रेसले जनाएको छ।

राजपालले २०१० मा फिल्म ‘अता पता लापता’ नामक फिल्म बनाउने भन्दै ५ करोड रुपैयाँ ऋण लिएका थिए। फिल्म २०१२ मा रिलिज पनि भयो तर उनी आर्थिक हिसाबमा डुबे। कम्पनी श्री नौरङ्ग गोदावरीका लागि पैसा लिएका हुन्। तोकिएको समयमा पैसा फिर्ता नगरेपछि उनीविरुद्ध दिल्ली हाई कोर्टमा मुद्दा दर्ता भएको थियो। अदालतले अहिले गरेको निर्णय बारे उनी भन्छन्,'म निर्णयको सम्मान गर्छु। मेरो कमजोरी भएकै हो। उच्च अदालत जान तयार छु।'

रिपोर्टका अनुसार जरिवानासहित कुल मिलाएर लगभग ११.२० करोड रुपैयाँ राजापाल तिर्नु पर्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell