PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

क्यानको निर्वाचन भएपछि निलम्वन फुकुवाबारे निर्णय हुन्छ : आइसीसी



पहिलोपोस्ट

क्यानको निर्वाचन भएपछि निलम्वन फुकुवाबारे निर्णय हुन्छ : आइसीसी

काठमाडौं : इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)को केही दिन अघि पारित भएको नयाँ विधान अनुसार निर्वाचन भएपछि क्यान निलम्बन फुकुवा सम्बन्धमा अर्को स्टेप अगाडी बढाउने जनाएको छ।

भारतको कोलकतामा भइएको आइसीसी बोर्ड बैठकपछि बिहीवार आइसीसीले उक्त धारण सार्वजनिक गरेको हो।

आइसीसीको निर्देशन अनुसार क्यानको विशेष साधारण सभाले एड्भाइजरी कमिटीले बनाएको विधान जस्ताको तस्तै पारित गरेको थियो।

अब उक्त पारित विधान राष्ट्रिय खेलकुद परिषद्ले अप्रुभ गरेपछि आइसीसीमा पठाइनेछ। 

आइसीसीको बोर्ड बैठककमा नेपालबारे छलफलपछि आइसीसीले अब क्यानको पुन: स्थापना हुनको लागि नयाँ संसोधित विधान अनुसार निर्वाचन हुनुपर्ने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell