PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

३३ केजी सुन काण्ड : तीन प्रहरी अधिकारी निलम्बित



सविन ढकाल

३३ केजी सुन काण्ड : तीन प्रहरी अधिकारी निलम्बित
एसपी विकास खनाल (माथि), डिएसपी सञ्जय राउत (दायाँ) र सई बालकृष्ण सञ्जेल

काठमाडौँ : ३३ केजी सुन काण्डमा मुछिएका तीन प्रहरी निलम्बनमा परेका छन्।

प्रहरी प्रधान कार्यालयले एसपी विकास खनाल, डिएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेललाई निलम्बन गरेको हो।

प्रवक्ता मनोज न्यौपानेले उनीहरु निलम्बित भएको पुष्टि गरे। तीनै जनालाई कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ।

अनुसन्धानको क्रममा बयान दिँदादिँदै सम्पर्कबिहीन भएका इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत डिएसपी सञ्जय राउत बिहीबार बिहानमात्र सम्पर्कमा आएका थिए।
 
राउत बिहीबार बिहान महानगरीय प्रहरी बृत सिंहदरबारको सम्पर्कमा आएका हुन्। डिएसपी राउतलाई बयानको लागि गृह मन्त्रालयमा बुझाइएको प्रहरी स्रोतले जनाएको छ। 

मंगलबार साँझ मकवानपुर जिल्लाका प्रहरी प्रमुखका रुपमा कार्यरत एसपी खनाललाई नियन्त्रणमा लिइएको थियो। 

सई सञ्जेल भने महानगरीय अपराध अनुसन्धान महाशाखाका हुन् जसले ३३ केजी सुन प्रकरणको पहिले अनुसन्धान गरिरहेको थियो।  

माघको पहिलो साता त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको ३३ केजी सुन काण्डसँगै तीन जनाको शंकास्पद मृत्युले यो प्रकरण धेरै रहस्यमय बन्दै गएको छ। प्रहरीका उच्च अधिकारी नै छानबिनको दायरामा आएको यो घटनाको अनुसन्धान अहिले सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell