PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

आइपीएलः पञ्जावको दोस्रो हार, हैदरावादसँग १३ रनले पराजित



पहिलोपोस्ट

आइपीएलः पञ्जावको दोस्रो हार, हैदरावादसँग १३ रनले पराजित

काठमाडौँः आइपीएल क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा सनराइजर्स हैदरावादले पञ्जावमाथि १३ रनको जित हात पारेको छ। उत्कृष्ट बलिङको मदतले हैदरावादले १३२ रनको योगफललाई डिफेन्ड गर्दै पञ्जावमाथि रोमाञ्चक जित हासिल गरेको हो।

घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएका हैदरावाद १३२ रनमा समेटिएको थियो। उसका लागि मनीष पाण्डेले ५४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेख्य रहेन। हैदरावादको इनिङमा सकिव अल हसनले २८ रनको योगदान दिए।

हैदरावादलाई कम स्कोरमा समेट्ने क्रममा पञ्जावका अंकित राजपुतले ४ ओभरमा १४ रन दिँदै ५ विकेट लिए।

झिनो लक्ष्य पछ्याएको पञ्जावले उत्कृष्ट सुरुवात गरेको थियो। ओपनर केएल राहुल र क्रिस गेलले ५५ रनको सुरुवाती साझेदारी गरेका थिए।

प्रारम्भिक साझेदारी ब्रेक भएपछि कुनै पनि ब्याट्सम्यान क्रिजमा जम्न सकेनन्। पञ्जावका ६ ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।

पञ्जावको इनिङ ध्वस्त पार्ने क्रममा अफगानी बलर रसिद खानले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। यस्तै, सन्दीप शर्मा, बसिल थम्पी र सकिव अल हसनले दुई/दुई विकेट लिए। 

सिजनको ७ खेलबाट पाँचौ जित हात पारेको हैदरावादले शीर्ष स्थानको चेन्नाई समान १० अंक जोडेको छ। पराजित पञ्जावको पनि  ७ खेलबाट १० अंक नै छ। तर रनरेटमा चेन्नाई पहिलो, हैदरावाद दोस्रो तथा पञ्जाव तेस्रो स्थानमा छ। चेन्नाईले ६ खेल मात्र खेलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell