काठमाडौं: गायिका भुमिका गिरीको लोकदोहोरी गीत ‘मायाकै पिरलो..’को भिडियो सार्वजनिक भएको छ। नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको लय, केसव बडुको संगीत संयोजन रहेको गीतमा भुमिकासँगै भागिरथले गाएका छन्।
राजेश घिमिरेको छायाँकन, बिष्णु शर्माको सम्पादन रहेको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।