PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

परिवर्तनमा शिक्षकको भूमिका निर्णायकः प्रचण्ड



पहिलोपोस्ट

परिवर्तनमा शिक्षकको भूमिका निर्णायकः प्रचण्ड

काठमाडौँः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले परिवर्तनमा शिक्षकहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। विश्व शिक्षक संगठनका अध्यक्ष मफुजा खानमसहितको टोलीलाई शुक्रबार बिहान भेट गर्दै उनले यस्तो बताएका हुन्। 

अध्यक्ष प्रचण्डले निरंकुश व्यवस्थाविरुद्धका आन्दोलन र १० वर्षे जनयुद्धमा पनि नेपाली शिक्षकहरुको ठूलो त्याग र बलिदान गरेको बताए। प्रचण्डले मुलुक राजनीतिक परिवर्तनबाट आर्थिक परिवर्तनको बाटोतर्फ लम्किएको समेत बताए।
 
विश्व शिक्षक संगठनले आगामी सेप्टेम्बर महिनामा नेपालमा १९औँ विश्व सम्मेलन गर्ने भएको छ। सम्मेलनको तयारी बैठकको सिलसिलामा नेपालमा भेला भएका विश्व शिक्षक संगठनका प्रतिनिधिहरूले अध्यक्षलाई भेट गरेका हुन्।

भेटघाटमा १ जना नेपालका, ३ जना भारतका र २ जना बंगलादेशका प्रतिनिधि रहेका थिए। भेटमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका शिक्षकहरूको पनि प्रतिनिधित्व थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell