PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

आर्मी र समृद्धि च्याम्पियन



पहिलोपोस्ट

आर्मी र समृद्धि च्याम्पियन

काठमाडौं : नेपाल आर्मी ‘ए’ र समृद्धि गोरिल्लाजले प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन्। आर्मी पुरुष र समृद्धि महिलामा च्याम्पियन बने ।

विशाल मिलन केन्द्रको कोर्टमा वर्षाले केहि बेर प्रभावित पुरुषको फाइनलमा आर्मीले बुढानीलकण्ठलाई ९२–८१ ले पराजित गर्‍यो। आर्मीको जितमा रविन खत्रीले २० अंक योगदान गरे। विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार हात पारे।

नेपाल खेलकुद महासंघ (नेकोस), काठमाडौं ४ द्वारा आयोजित प्रतियोगिताको महिला फाइनलमा समृद्धि बुढानीलकण्ठलाई ४४–३८ ले हरायो। समृद्धिकी लुनिभा सिंहले २४ स्कोर गरिन्। विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार हात पारे।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय रविन र लुनिभा आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ बने। पुरुषमा विराज राणा र महिलामा प्रीति तुलाचन प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने। प्रतियोगिताभर विराजले १ सय ८५ र प्रीतिले ७५ स्कोर गरे। रविन र विराजले समान १०–१० हजार पाए भने लुनिभा र प्रीतिले जनही ५ हजार नगद हात पारे।

वैशाख २ गतेदेखि सुरु प्रतियोगिताको पुरुषमा ९ र महिलामा ६ टिमले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell