PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

वर्ल्ड कप क्रिकेटको खेलतालिका सार्वजनिक

वर्ल्ड कप क्रिकेटको खेलतालिका सार्वजनिक

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सन् २०१९ मा इंगल्याण्ड र वेल्समा हुन् आइसीसी वान डे क्रिकेट वर्ल्ड कपको खेल तालिका सार्वजनिक भएको छ।

आइसीसीले बिहीवार सार्वजनिक गरेको तालिका अनुसार सहभागि प्रत्येक टोलीले अन्य टिमसँग लिग खेल खेल्नेछ। वर्ल्ड कपमा विश्वका उत्कृष्ट १० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्।

आयोजक इंगल्याण्डले उद्घाटन खेलमा दक्षिण अफ्रिकासँग ओभलमा मे ३० मा प्रतिस्पर्धा गर्नेछ।

साविक विजेता अष्ट्रेलियाले पहिलो खेल जुन १ मा अफगानिस्तानसँग खेल्नेछ। अफगानिस्तान र वेष्ट इन्डिज वर्ल्ड कप क्वालिफायरमा शीर्ष दुई स्थानमा रहदै छनोट भएको थियो।

४६ दिने प्रतियोगितामा ४५ खेल हुनेछ। सिंगल राउण्ड रोविन लिगपछि शीर्ष चार स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने आइसीसीले जनाएको छ।

ओल्ड ट्राफोर्ड र एड्वास्टनले सेमिफाइनल खेल आयोजना गर्नेछ भने फाइनल खेल लर्ड्समा हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell