काठमाडौं : बेमौसममा परेको पानीले छैटौं 'एनएफडीसी फिल्म अवार्ड २०७४’ अस्तव्यस्त बनाइदियो। होटल ह्यातको खुला चौरमा आयोजित अवार्ड समारोहमा फिल्म 'शत्रु गते' उत्कृष्ट घोषित भयो। उत्कृष्ट अभिनेताको अवार्ड कृका लागि अनमोल केसीले पाए। ब्लाइन्ड रक्सबाट बेनिशा हमाल उत्कृष्ट अभिनेत्री ठहरिइन्।
.jpg)
अवार्ड कार्यक्रमको सुरुवात शानदार लाग्थ्यो - सजावट, विज्ञापनका बोर्डहरु अनि डिजाइनदार कपडामा उपस्थित कलाकार।
सुगारिका केसी र नरेश भट्टराईले कार्यक्रममा सञ्चालन गर्दै थिए। उत्कृष्ट पार्श्व धुनका लागि फिल्म प्रेमगीत २ बाट एलिस कार्कीको नाम घोषणा भएसँगै पानी पर्न थाल्यो। अचानक भएको वर्षा र व्यवस्थापनको तालमेल मिलेन। व्यवस्थापनको कमजोरीले अवार्डलाई सम्झन लायक बनायो तर नकारात्मक रुपमा।
डिजाइनदार कपडा समात्दै अभिनेत्रीहरु छेउको हलमा पस्न थाले। भागमभाग भयो। सञ्चालकहरु निरन्तर कार्यक्रम चलाइरहेका थिए। ओत लागेरै भए पनि कार्यक्रम हेरिरहेका थिए निर्माता आकाश अधिकारी, आयोजक निकिता पौडेल, निर्देशक मिलन चाम्सहरु। पानीले कार्यक्रम प्रभावित भयो।
आयोजक एवं चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले भनिन्, 'अर्को वर्ष कार्यक्रमका लागि साइत पर्यो, पानी पर्नु राम्रो हो।'
पानीमै अवार्ड विजेताहरुको नाम घोषणा शुरु गरियो। कति छाता ओडेर त कति पानी र हिलो छल्दै अवार्ड थाप्न गए। यतिसम्म भयो कि त्रिपाल पानीको भारले गर्दा स्टेजमा झुक्यो।
स्टेजमा भुवन केसी पुग्दा त्रिपालको प्वालबाट पानीको धारा छुटेपछि उनी आक्रोशित प्रस्तुत भए।
(2).jpg)
सम्भावित समस्याको लागि तयारी गर्नुभएको थिएन?
पहिलोपोस्टको प्रश्नमा निकिता पौडेलले भनिन्, 'हल सबै प्याक थियो, त्यसैले बाहिर गरेका हौं, पानी पर्नु राम्रो साइत हो नि।' उनले पहिलो संस्करणदेखि गरेको ठाउँ छोड्न मन नलागेको बताइन्।
कार्यक्रममा न त तयार गरिएका प्रस्तुतिहरु देखाउन मिल्यो न त अवार्ड उचाल्दै कसैले फोटो खिचाउन नै पाए। अन्त्यमा, खाना खाने हलमा अवार्ड वितरण गरियो।