PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

कांग्रेस बैठकमा लन्च ब्रेक : गच्छदारले सम्झाए पार्टी प्रवेश गर्दाको सहमति



नेत्र तामाङ

कांग्रेस बैठकमा लन्च ब्रेक : गच्छदारले सम्झाए पार्टी प्रवेश गर्दाको सहमति

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा यतिखेर लन्च ब्रेक भएको छ। पार्टी मुख्यालय सानेपामा १२ औं दिनको केन्द्रीय समितिमा विजयकुमार गच्छदारले आफ्नो भनाइ राखेका छन्।

बैठकमा गच्छदारले पार्टी नेपाली कांग्रेसमा प्रवेश गर्दाको सहमतिका बुँदाहरु सम्झाएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

त्यस्तै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि बैठकमा आफ्नो धारणा प्रस्तुत गरेका छन्। पौडेलले अन्तर्घातीलाई कारबाही गर्नुपर्ने र गच्छदारलाई उचित ठाउँ दिनुपर्ने विषय उठाएका थिए।

पौडेलको धारणापछि 'लन्च ब्रेक' भएको हो। लगत्तै पार्टीका महामन्त्री डा शशांक कोइरालाले केन्द्रीय समितिमा उठेका सवालहरुको जवाफ दिने तालिका रहेको छ। 

सरकारलाई हेर्ने दृष्टिकोणदेखि महासमिति बैठकको मिति तयसम्मका विषयलाई महामन्त्रीले प्रस्तुत गर्ने प्रवक्ता शर्माले जानकारी दिए।

'लन्च ब्रेकपछि सभापति र महामन्त्रीले जवाफ दिनुहुनेछ। यसमा मित्रराष्ट्रका कुरा, सरकारलाई कांग्रेसले हेर्ने दृष्टिकोण र अरु दलसँग कसरी प्रस्तुत हुने भन्ने एजेन्डामाथि महामन्त्रीले धारणा राख्नुहुनेछ,' शर्माले भने।

त्यसैगरी महासमितिको मितिबारे पनि महामन्त्री कोइरालाले नै धारणा राख्ने बताइएको छ। महामन्त्री कोइरालाको प्रस्ताव प्रतिवेदन अन्तिम रुप तयार भइरहेकाले बैठक केही ढिला सुरु हुने बताइएको छ। प्रवक्ता शर्माले आज नै बैठक सम्पन्न गर्ने गरी तयारी भइरहेको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell