
काठमाडौँ: एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म ‘भैरे’का पोस्टर सार्वजनिक भएका छन्। जेठ १८ मा प्रदर्शन हुने फिल्ममा कलाकारहरु दयाहाङ्ग राई, सुरक्षा पन्त, बुद्दी तामाङ्ग, बर्षा सिवाकोटी, बिक्रान्त बस्नेत र अनुभव रेग्मीको मुख्य अभिनय रहेको छ।
निर्देशक बोहरा कै लेखनमा बनेको फिल्ममा प्रेम प्रसाद पौडेल र देवीमायाको लगानी रहेको छ । नेपालय सिनेमा ईन्टरनेशनलको ब्यानारमा बनेको ‘भैरे’ मा बनिश शाहको सम्पादन रहेको छ।
विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ यस फिल्मका अन्य कलाकार हुन्। फिल्मका दुई गीत सार्वजनिक भईसकेका छन्।