PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

'लन्च ब्रेक'मा आफ्नै भूमि फर्किए किम, साँझ दक्षिणले 'स्वीस पोट्याटो डिस' सर्भ गर्ने



पहिलोपोस्ट

'लन्च ब्रेक'मा आफ्नै भूमि फर्किए किम, साँझ दक्षिणले 'स्वीस पोट्याटो डिस' सर्भ गर्ने
सम्मेलनको पहिलो सत्रपछि खाना खान स्वदेश फर्किँदै किम। Photo: GettyImage

प्योङ्याङः कोरियाली प्रायद्वीपमा रहेको तनाब अन्त्यका लागि अन्तर कोरियाली शिखर सम्मेलन सुरु भएको छ। सम्मेलनमा सहभागी हुन ६५ वर्षपछि उत्तर कोरियाका सर्वोच्च नेता दक्षिण कोरियाली भूमिमा पाइला टेकेका छन्।

शिखर वार्ताको पहिलो बिहानी सत्र सकिएको छ। बिहानी सत्र सकिएसँगै उत्तर कोरियाली नेता किम जोङ उन खाना खान आफ्नो देश फर्किका छन्। 

किमलाई यस अगाडि दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनले सीमा क्षेत्रमा स्वागत गरेका थिए। 

दक्षिण कोरियाली भूमिमा प्रवेश गरेसँगै उत्तर किमले दुई देशलाई विभाजन गर्ने मिलिटरी लाइन काट्दै गर्दा भने, ‘यो शान्तिको सुरुवाती विन्दु हो।’ 

त्यस्तै किमले दक्षिण कोरियाका राष्ट्रपति मुनलाईसमेत उत्तर तर्फको ‘डिमार्केसन लाइन’मा बोलाए। यो यसअघि तय नभएको घटना थियो। दक्षिणका नेता उत्तर जाने कार्यक्रम तय भएको थिएन। तर त्यहाँ यो अप्रत्यासित घटना भएको बीबीसीले जनाएको छ। 

सम्मेलनको पहिलो सत्र सकिएसँगै दुबै देशका नेताहरु छुट्टिएका छन्। उत्तर कोरियाका नेता किम बडीगार्डले घेरिएको कारमा सवार भएर खाना खान आफ्नो भूमिमा फर्किएका छन्। 

खानापछि किम पुनः दक्षिण कोरिया जाने छन्। त्यसपछि शान्ति र समृद्धिको प्रतिकको रुपमा सल्लाको विरुवा रोप्ने कार्यक्रम रहेको छ। विरुवा रोप्न दुबै देशबाट माटो र पानी ल्याइएको छ। 

सम्मेलन दुबै नेताले सहमतिमा हस्ताक्षर गरेसँगै संयुक्त वक्तव्य जारी गरी सकिने छ। 

त्यसपछि किमको सम्मानमा उत्तर कोरियाका राष्ट्रपति मुनले रात्रीभोजको आयोजना गरेका छन्। 

किमको स्वागतमा 'स्वीस पोट्याटो डिस' 

किमको सम्मानमा आयोजना गरिएको भोजमा उनलाई स्वीस पोट्याटो डिस सर्भ गरिने छ। स्वीट्जरल्याण्डमा अध्ययन गरेका उनलाई स्कुले जीवनको स्मरण गराउनका लागि स्वीस डिस सर्भ गर्न लागिएको हो। 

त्यस्तै दक्षिण कोरियाली राष्ट्रपति मुनका लागि मुनको गृहनगर बुसानबाट ल्याएका फ्ल्याट सी फिस सर्भ गरिने छ। 

खानाको रेसिपी दुबै देशबाट आएको छ। निःशस्त्रीकरण गरिएको क्षेत्रमा दक्षिण कोरियातर्फको भुभागमा उत्तर कोरियाको ‘सिग्नेचर डिस’को रुपमा रहेको कोल्ड नुडल्स समेत पाक्ने छ।

त्यसका लागि दक्षिण कोरियाका राष्ट्रपति मुनको आग्रहमा प्योङ्याङको चर्चित ओक्रु गाउन रेष्टुरेन्टबाट सेफ ल्याइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell