काठमाडौं : अखिल नेपाल लनटेनिसको आयोजनामा भएको आइटिएफ एसिया यू-१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा नेपालको ब्वाइज र गर्ल्स टिम दुवैमा फाइनलमा पराजित भएको छ।
सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रवार भएको फाइनलमा नेपालको दुवै टवली भारतीय टोलीसँग पराजित भएको हो।
ब्वाइजतर्फ भारतले नेपाललाई २-० ले हरायो भने गर्ल्सतर्फ पनि नेपाल २-० अन्तरमै पराजित भयो।
ब्वाइजमा भारतका हर्स फोगाटले नेपालका अकि जुबेन रावतलाई ७-५, ६-१ ले पराजित गरे भने भन्स नन्डलले आरभ सम्राट हाडालाई ६-४, ६-२ ले हराए।
यस्तै गर्ल्समा भारतकी दुर्गान्सीले नेपालकी अजा रेग्मीलाई ६-०, ६-० ले सहजै हराइन् भने अन्जली राठीले पनि शुभाङ्गी लक्ष्मी शाहलाई हराइन्। पहिलझ सेट भारतीय खेलाडीले ६-० ले जितेकी थिइन्। दोस्रो सेटमा ३-१ ले अग्रता लिदा नेपाली खेलाडी रिटायर्ड भएपछि भारतीय खेलाडी विजयी भइन्।