PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

'ह्याप्पी डेज' र 'कोहलपुर एक्सप्रेस' एकै दिन, कसरी गरिन् प्रिय‌ंकाले प्रचार?



पहिलोपोस्ट

 'ह्याप्पी डेज' र 'कोहलपुर एक्सप्रेस' एकै दिन, कसरी गरिन् प्रिय‌ंकाले प्रचार?
फाइल फोटो

काठमाडौं: फिल्म 'ह्याप्पी डेज' र 'कोहलपुर एक्सप्रेस' शुक्रबारबाट प्रदर्शनमा आएको छ। दुबै फिल्ममा मुख्य अभिनेत्री रहेकी छिन् प्रियंका कार्की। दुई फिल्म एकसाथ रिलिज हुनुले प्रियंकाले निर्माण युनिटलाई प्रचारका लागि पुर्‍याउन सक्ने योगदानमा कत्तिको असर गर्‍यो त?

धेरै प्रोजेक्टहरुमा एकसाथ व्यस्त रहने नायिका हुन् उनी यस्तोमा कुनै फिल्म छायांकन वा डबिङका लागि समय दिनु पर्दा प्रचार प्रसारमा जुट्न सक्दिनन्। धेरै फिल्मकर्मीले यसै कारणले प्रियंकासँग गुनासो पोख्दै पनि आएका छन्। यस विषयमा उनले एकपटक उनले जवाफ दिएकी थिइन्,'११ करोड दिए म पनि वर्षैभरी बलिउड कलाकार जस्तै एउटै फिल्मको लागि कुद्छु।'

फिल्म रिलिज अघि प्रियंका फिल्म कोहलपुर एक्सप्रेस प्रचारका लागि कुदेको देखिइयो। उनी निर्माता केकी अधिकारीसँग दर्शकको घरघरमा खाना पुर्‍याउन समेत हिडिन्। अभिनेत्री प्रचारमा हिड्नु स्वभाविक हो किनकी फिल्म घोषणा भएको  ६ महिनामा रिलिज भयो। 

तर ह्याप्पी डेजको प्रचार प्रसारमा प्रियंकाको  उस्तो धेरै भूमिका देखिएन। २०७३ को भाद्रमा घोषणा भएको यो फिल्म युनिटले पाँचपटकसम्म रिलिज टार्गेट परिवर्तन गर्‍यो। तर प्रियंकाले आफ्नो सामाजिक सञ्जालहरुमार्फत भने आफ्नो दुबै फिल्म हेर्न आउन आग्रह गरेकी छिन्। वैशाख १४ नजिकिंदै गर्दा उनले फेसबुकमा फिल्म रिलिजको काउन्टडाउन समेत गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell