PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

बानेश्वरमा बाबुले नै गरे दुई छोराको हत्या



पहिलोपोस्ट

बानेश्वरमा बाबुले नै गरे दुई छोराको हत्या

काठमाडौं : काठमाडौंको बानेश्वरमा दुई छोराको बाबुले नै हत्या गरेको खुलेको छ। बानेश्वरस्थित सुकुम्वासी बस्तीमा बस्दै आएका दिलीप यादवले छोराको हत्या गरेका हुन्। ८ वर्षीय सुनिल र ६ वर्षीय सुजलको हत्या भएको हो।

यादवले एक साता अगाडि कोठामा बालकको हत्या गरी फरार भएका थिए। गत सोमवार यादवकी आमाले महानगरीय प्रहरी बृत्त बानेश्वरमा नाति हराएको भन्दै उजुरी गरेकी थिइन्। तर, शुक्रवार बिहान भने यादव आफैले छोराको हत्या गरेको फोनमार्फत् परिवारलाई जानकारी गराएका थिए। 

हत्या भएका दुई बालक यादवकी दोस्रो श्रीमतीतर्फका झड्केला छोरा हुन्। पहिलो श्रीमतीले छोडेर गएपछि यादवले दोस्रो बिहे गरेका हुन्। यादवकी श्रीमती भने बिराटनगरमा बस्दै आएकी छिन्। यादवले छोरा लिन नआए हत्या गर्ने धम्की दिँदै आएको प्रहरी अनुसन्धानमा खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell