काठमाडौं: फिल्म हैरानले 'राष्ट्रिय प्रतिभाको खोजी' गर्ने भएको छ। हैरान च्यालेन्ज अन्तर्गत निर्माण टिमले नृत्य, अभिनय र गायन विधामा बैशाख २०देखि अडिसन सुरु गर्ने भएको हो।
२० गते झापाको बिर्तामोडबाट सुरु गरिने अडिसन २१ गते विराटनगर ,२२ गते हेटौंडा, २३ गते चितवन, २४ गते बुटवल, २५ गते नेपालगञ्ज, २६ गते दाङ , २७ गते पोखरा तथा २८ र २९ गते काठमाडौंमा हुनेछ। ८ देखि २५ वर्ष उमेरकाले अडिसनमा भाग लिन सक्नेछन्।
प्रत्येक विधाका विजेतालाई १ लाख नगद र डान्स फिभरमार्फत निर्माण हुने फिल्म तथा म्युजिक भिडियोमा अवसर दिइने निर्माण टिमले जनायो।
छनोट चरणमा प्रतियोगिले एउटा हैरानकै र अर्को आफूले नै छनोट गरेको गीतमा प्रस्तुति दिनुपर्नेछ।
हैरानका कलाकार निश्मा घिमिरे, गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्य, कलाकार निर्मल शर्मा र नृत्य निर्देशक गम्भीर विष्ट निर्णायक रहनेछन्। जेठ ४ मा रिलिज हुने फिल्म ’हैरान’ लाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका हुन्।